Logo

३२ जेठ, वीरगञ्ज । शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका वैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिव नियुक्त गरेको छ ।

असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको छ ।

आज विहान सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बैकुण्ठ अर्यालले २ असारमा अवकाश पाउँदै थिए। त्यसअघि नै सरकारले उनलाई मुख्यसचिव बनाउन लागेको हो।

उनी हाल प्रधानमन्त्री कार्यालयमा सचिव छन्।

यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए।

सहसचिव रहँदा लामो समय अर्थ मन्त्रालय बजेट महाशाखामा काम गरेका थिए।

बजेटको समयमा खारेज गरिने निकायको अध्ययन पनि उनी नेतृत्वको कमिटीले नै गरेको थियो।

 


सम्बन्धित समाचार