Logo

३२ जेठ, वीरगञ्ज । बाराको देवताल स्थित एक विद्यालय भवन निर्माणका काम गर्दै गरेका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

देवताल गाउपालिका वडा नं. ४ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय पिप्राढीमा निर्माण भईरहेको ४ कोठे भवनको लागि काम गरिरहेको अवस्थामा देवताल ४ बस्ने सुनिल रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताज कन्सट्रक्सन बिरगंज, पर्साले ठेक्का कबुल गरि भवन निर्माणको काममा ज्यामीको रुपमा काम गरिरहेका रामले भाईब्रेसन यन्त्र चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

कन्सट्रक्सन कम्पनीको लापरवाहीको कारण सो घटना भएको मृतकका बुवा धवल रामले बताएका छन् । काममा रहेका कुनै पनि कर्मचारीलाई सुरक्षाका सामाग्री कम्पनीले दिएका छैन ।


सम्बन्धित समाचार