Logo

३२ जेठ,वीरगञ्ज । पर्साको धोविनी गाउँपालिकाले झन्डै १५ लाख रुपैयाँ खाना खाजामा खर्च गरेको तथ्य सार्वजनिक भएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष ०७८/७९ मा विविध खर्चका लागि छुट्टयाएको ४० लाख रुपैयाँमध्ये झन्डै १५ लाख रुपैयाँ खाना र खाजामा मात्रै खर्च गरेको तथ्य सार्वजनिक भएको हो ।

उक्त गाउँपालिकाले ११ वटा फर्म/सप्लायर्सबाट विभिन्न मितिमा १४ लाख ९५ हजार ८३० रुपैयाँको खाजा नास्ता खरिद गरेको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको गाउँपालिकाको वार्षिक लेखापरिक्षणको प्रतिवेदन उल्लेख गरिएको छ ।

०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पूर्व रहेका जनप्रतिनिधि र पछि निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिले समेत मनपरी ढङ्गले खाना र खाजामा मात्रै उक्त मूल्य बराबरको रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले खाना र खाजा खर्च वापतको बिल पेश गरेपनि खर्च गर्नुपर्ने आधार स्पष्ट पार्न भने नसकेको हो । खर्चको आधार स्पष्ट नपार्दा खाना र खाजा खर्चमा समेत गाउँपालिका कार्यालयले अनियमितता गरेको पुष्टि भएको छ ।

 


सम्बन्धित समाचार