Logo

३२ जेठ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतको कार्यभार प्रकाश खनालले सम्हाल्नुभएको छ ।

सोह्रौ प्रमुख प्रशासकिय अधिकृतको रुपमा आजबाट कार्यभार सम्हाल्दै उहाँले सिम्रौनगढस्थित ऐतिहासिक धरोहरको रुपमा रहेको कंकालीमाई, रामजानकी मन्दिर, रानिवास जस्ता सम्पदाले पालिकाको महत्व बढाएको उल्लेख गर्नुभएको छ ।

प्रमुख खनालले आफ्नो कार्यकालसम्म नेपालको सविंधान, संघ, प्रदेश तथा स्थानिय कानुनले तोके बमोजिम जिम्मेवारी पूरा गर्नु आफ्नो दायित्व रहेको जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुरुप नै बजेटको सहि तरिकाले प्रयोग गरि नगरपालिकाको बिकासमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले सिम्रौनगढ नगरपालिकालाई सुशासनतर्फ अगाडि बढाउन लागि पर्नेमा जोड दिनुभयो ।


सम्बन्धित समाचार