Logo

विशाल पटेल

३२ जेठ,वीरगञ्ज । वीरगन्जमा यहि असार ५ गते निकालिने गहवामाई रथ यात्राको तयारी तिव्र पारिएको छ । गहवामाई मन्दिरको ११ औँ वर्षको उत्सवमा पहिलोपटक निकालिने रथ यात्राको तयारी तिव्र पारिएको हो ।

रथयात्राका लागि अहिले आकर्षक रथ बनाउने काम तिब्र गतिमा भईरहेको रथयात्रा समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिनुभयो । उहाँले रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको बताउनुभयो । रथ निर्माण गर्न लागि मात्र १५ लाख रुपैँया लागेको उहाँको भनाइ छ ।

भारत र नेपालका गरि १५ भन्दाबढी कालिगढले दिनरात रथ निर्माण गरिरहेको सर्राफले बताउनुभयो । सम्पूर्ण काम असार ३ गते सक्नेगरि समितिका पदाधिकारीहरु लागिपरेको सर्राफले जानकारी दिनुभयो ।

रथयात्रा यहि ५ गते बिहान ६ बजे गहवामाई मन्दिरको प्राङगणबाट निकालेर दुई नम्बर रोड हुँदै रामटोल, रेशमकोठी, विर्तामन्दिरबाट मेनरोड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन गरिने बताईएको छ ।

रथयात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकीका साथै निशान र शोभायात्रा पनि प्रदर्शन गरिने गहवामाई रथ यात्रा समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिनुभयो । नगरपरिक्रमापछि सोही दिन साँझ गहवामाई मन्दिर परिसरमा बृृृहत भजनकृतनको आयोजना गरिने साहले बताउनुभयो ।

रथ यात्राको भोलिपल्ट बिहान गहवामाईलाई ५६ प्रकारको भोग चढाइने र त्यहिदिन भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा पनि सञ्चालन गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी बताउनुभयो ।
रथ निर्माणका लागि आयोजक समितिले कहि कतैबाट पनि संस्थागत रुपमा चन्दा वा आर्थिक सहयोग नलिएको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार