Logo

१ असार,वीरगञ्ज । मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । मधेशप्रदेशका अर्थमन्त्री संजयकुमार यादवले आर्थिक वर्ष २०८०÷८१ को बजेट आज साँझ ५ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउन लागेको हो । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको बताउनुभयो ।संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले यस वर्ष बजेटको आकार घट्ने उनले जानकारी दिनुभयो ।

अर्थमन्त्री संजयकुमार यादवले आगामी वर्षको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र सिचाईंलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ ।यादवले बजेटको मुख्य प्राथमिकतामा कृषि, स्वास्थ्य, शिक्षा, सिचाईंलाई राखेको बताउनुभयों ।

रुपान्तरणकारी र उत्पादनमूलक क्षेत्रमा बढि बजेट विनियोजन गरिएको छ ,भने विगतमा सञ्चालनमा आएका प्रादेशिक गौरवका आयोजनाहरुलाई निरन्तरता दिइएको छ ।यादवले जनताको आवश्यकतालाई सम्बोधन गर्नेगरि जनजनको अनुहारमा मुस्कान ल्याउने र तिनका आवश्यकता पूर्ति गर्ने तथा हरेक वर्ग, जाति समुदायलाई समेटने गरि यथार्थपरक बजेट आउने जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार