Logo

फाइल तस्बिर

१ असार,वीरगञ्ज । मधेश प्रदेश सरकारले घोषणा गरेको प्याकेजको रकम निकासा नगर्दा पर्साको ठोरी गाउँपालिकाका स्थानियबासिन्दा अहिले आक्रोसित भएका छन् । ठोरी गाउँपालिकालाई पर्यटकिय क्षेत्र घोषणा गरेको १५ महिना बितिसक्दा समेत पालिकाका लागि मधेश सरकारले घोषणा गरेको १० करोड रकम निकासा नगर्दा ठोरीबासी आक्रोसित भएका हुन् ।

स्थानीय अगुवा प्रकाश खनालले मधेश सरकारले गत वर्षको मार्च २५ गते ठोरीमै मन्त्रिपरिषदको बैठक बसेपछि घोषणासभा गरेर ठोरीलाई प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरे पनि हालसम्म घोषित रुपैयाँको प्याकेजमध्ये १ रुपैयाँ पनि निकासा नगर्नु ठोरीलाई धोका दिनुरहेको जानकारी दिनुभयो ।

त्यस्तै स्थानीय पर्यटन व्यवसायी सुदिप थापाले ठोरीमा पर्यटनको प्रचुर सम्भावना रहे पनि यहाँ पर्यटकीय क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा बजेट खर्च गर्नुपर्ने आवश्यकता रहेकोमा घोषणा गरिएको प्याकेज एकाएक हराउनु ठोरीकै दुर्भाग्य रहेको गुनसो गर्नुभएको छ ।

ठोरीमा प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक तथा पर्यटकीय क्षेत्र घोषणासभा आयोजनामा सहजीकरण गरेका ठोरी गाउँपालिकाका निवर्तमान अध्यक्ष पीएल श्रेष्ठले प्रदेश सरकारले घोषणा गरेको १० करोड रुपैयाँको प्याकेजमध्ये १० पैसा पनि नपठाउनु दुःखद भएको बताउनुभयो ।

 


सम्बन्धित समाचार