Logo

१ असार,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा एयर गनले प्रहार गरेर फरार भएका व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका वडा नम्बर ५ का बलिराम तिवारी (दिपु) रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी पोखरियाको टोलीलाई उनलाई पक्राउ गरेको हो । उनले जेठ २१ गते घर नजिकै आँप टिपेको निहुँमा एक बालकलाई एयर गन प्रहार गरेर घाइते बनाएका थिए । बालकलाई घुडाँमा चोट लागेको छ । उनको नारायणी अस्पतालमा उपचार गरिएको छ । एयर गन प्रहार गरेर फरार भएका उनलाई शुक्रबार बिहान उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

तिवारीको घरमा खानतलाजी गर्दा एउटा पूरानो भरुवा बन्दुक समेत फेला परेको छ । बालकलाई प्रहार गरेको एयर गर्न भने फेला पार्न सकेको छैन । उनले कतै पठाएको भनेर बयान दिएपनि कसलाई पठाएको भनेर नखुलाएको र थप सोधपुछ र अनुसन्धान भईरहको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम शाहीले जानकारी दिनुभयो ।

उनको घरमा फेला परेको पूरानो भरुवा बन्दुक अनुमति प्राप्त होकी होईन भन्ने पनि अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । पक्राउ परेको तिवारीलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार