Logo

१ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म आदिपुरुषबाट संवादको लाइन नहटाए सबै हिन्दी फिल्ममा प्रतिबन्ध लगाउने बताएका छन् ।

भारतीय फिल्मी आदिपुरुषमा ‘जानकी भारतीयको छोरी हुन्’ भन्ने शब्द नेपालसहित विश्वभर नसच्चिए काठमाडौँ महानगरका हलहरूमा प्रदर्शन गर्न नदिने बताएका हुन् । यस्तै, उनले आदिपुरुषबाहेक आगामी दिनमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन हुने नदिने चेतावनी दिएका हुन् ।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौँ महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ उनले भने, ‘यो सच्याउन तीन दिनको समय दिइएको छ, माता सीताको जय होस्,’ मेयर बलेनले ट्विटमा लेखेका छन् ।

बालेनको कदममा दिपकराज गिरीको पनि समर्थन

‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो विरुद्धको आवाज सहि हो, सच्चाउनु पर्छ’ गिरीले समर्थन जनाउँदै लेखेका छन् ।

फिल्मको निर्देशन ओम राउतले गरेका छन् । फिल्म १६ जुनमा रिलिज हुँदैछ । यो फिल्म तेलुगू, हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।

फिल्ममा प्रभासले राम, कृति सेननले सीता, सनी सिंहले लक्षण, देवदत्त नागेले हनुमानको भूमिका निभाएका छन् ।

 


सम्बन्धित समाचार