Logo

२ असार,बारा । सामाजिक विकाश सेवा समिती द्वारा महिला जनजागरण सशक्तिकरण कार्यक्रमको आज विश्रामपुर गाउँपालिका वडा नं ४ बलिरामपुरमा आज कार्यक्रमको उदघाटन सम्पन भयेको छ।

यस कार्यक्रम पूर्व भौतिक तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनल द्वारा कार्यक्रमको उद्दघाटन गरिएको थियो।
यस कार्यक्रममा विश्रामपुर गाउँपालिकाको अध्यक्ष जुबेर भाई ( जुल्फकार अलि भूटो) ले आफ्नो मन्तब्य राख्दै महिलालाई देवी को दर्जा किन दिइन्छ, महिला लाई कसरी आफ्नो विकास गर्न सक्छन , अहिले को समयमा शिक्षा किन आवस्यक छ यस बारे विभिन्न किसिमका आफ्ना भनाइहरु राखेका थिए।

सामाजिक विकाश सेवा समितीले २९२००० दुई लाख ब्यान्वे हजार प्रदेश स्तरिय बजेट ल्याई आफ्नो टोल समाज क्षेत्र लाई शिक्षित, समृद्ध, र विभिन्न किसिमका जनजागरण गराउन सात दिने कार्यक्रमको आयोजना आजबाट शुरु गरिएको छ।

यो सात दिने कार्यक्रम विश्रामपुर गाउँपालिका वडा नं ३ र ४ मा सात दिन र प्रतेक दिन ६० जनाको उपस्थिति गराई यो कार्यक्रम सम्पन हुने सामाजिक विकाश सेवा समितीलका अध्यक्ष प्रदीप कुमार गुप्ता ले जानकारी गराएका छन।

पूर्व मन्त्री जितेन्द्र सोनलले बेटी पढ्छ तब अगाडि बढ्छ को मूल नारा सहित आफ्नो मन्तब्य राख्दै महिलाहरुको जनजागरण सशक्तिकरण को बारे विभिन्न किसिमका कुराहरु राखेका थिए।

कार्यक्रमको प्रमूख अतिथि पूर्व भौतिक तथा यातयात मन्त्री जितेन्द्र सोनल, विश्रामपुर गाउँपालिका का अध्यक्ष जूल्फकार अली भुट्टो ( जुबेर भाई) विश्रामपुर गाउँपालिका वडा नं ४ बलीरामपुर का वडा अध्यक्ष किशोरी प्रसाद तुरहा, सामाजिक विकाश सेवा समितिका अध्यक्ष प्रदिप कुमार गुप्ता र समितिका जिम्मेवारी ब्यक्ती लगायत स्थानिय वासीको उपस्थिती रहेको थियो।


सम्बन्धित समाचार