Logo

२ असार, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाले आगामी आर्थिक बर्ष देखि घरेलु तथा साना उद्योग संचालनका लागि ग्राम उद्योग संचालनमा ल्याउने भएको छ ।

बहुदरमाई नगरपालिका वडा नं. २ सिसियाडीमा ग्राम उद्योग स्थापना गर्न ७ बिघा जग्गा खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफाले बताए ।

बहुदरमाई नगरपालिका भित्र वसोबास गर्ने व्यक्तिहरुलाई ग्राम उद्योग भित्र साना तथा घरेलु उद्योग स्थापना गर्न दिने उदेश्यले ग्राम उद्योगको अवधारणा ल्याएको अधिकृत मुस्तफाले बताए ।

बहुदरमाई नगरपालिकाले असार ४ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको नगर प्रमुख सिंगासन साहतेलीले जानकारी दिए । उनले यसपटक नगरपालिकाले ग्राम उद्योगलाई संचालन गर्न त्यसका लागि आवश्यक भौतिक पूर्वाधारमा विशेष बजेटको व्यस्था गरिने बताए ।

नीति तथा कार्यक्रममा नगरपालिकाबाट हुने कार्य सम्पादनलाई व्यवस्थित गर्न कम्प्युटर सूचना प्रणालीमा आधारीत आइपिएस (क्ष्एक्) कार्यक्रम सञ्चालन गर्ने योजना राखिएको छ । नगरपालिकाले सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य चौकी र सम्पूर्ण सामुदायिक विद्यालयमा समेत डिजिटल सूचना प्रणाली लागु गरिने मेयर सिंगासन साहले बताए ।

कृषिमा आधारीत विद्युत मिटरमा ४० प्रतिशत अनुदान दिने, बहुदरमाई नगरपालिका अन्तरगत रहेका सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन गरी पढन पाठनलाई व्यवस्थित गर्न नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

नगरपालिका भित्र रहेका अधिकांश विद्यालयले विद्युतको विल भुक्तानी गर्न नसकेको, कक्षा कोठामा बेन्चहरुको राम्रो प्रवन्ध हुन नसकेका विद्यालयमा समेत बजेटको व्यवस्था गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत महमद शेर मुस्तफाले बताए ।


सम्बन्धित समाचार