Logo

२ असार,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको अम्लेखगंजमा भएको आँठौँ नगर सभाले उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित गरेको छ ।

नगरसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै उपमहानगरपालिकाले असार १० गते भित्र आर्थिक वर्ष २०८०/८१ लागि बजेट ल्याउने तयारी गरिरहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको वार्षिक कार्य योजनाको रुपमा रहेको नीति तथा कार्यक्रम नगर प्रमुख राजन पौडेलले प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख पौडेलले नगरको नीति तथा कार्यक्रममा सामान्य प्रशासन, सेवा प्रवाह, राजश्व तथा आर्थिक प्रशासन, सुशासन, स्वास्थ्य सेवा, कृषि तथा पशुपन्छी विकास, शिक्षा, पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकासका बारेमा बताउनुभएको थियो ।

यसैगरी उहाँले सहकारी, वन वातावरण र फोहोरमैला तथा विपद् व्यवस्थापन, भूमि व्यवस्थापन तथा भवन नियमन, न्याय कानुन, मानव अधिकार तथा सुशासन प्रवर्धन, योजना अनुगमन तथा तथ्यांक र पर्यटन प्रवर्धन नीतिलाई अघि सारिएको छ ।


सम्बन्धित समाचार