३ असार, जिराभवानी पर्सा । पर्साको जिराभवानी गाउँपालिकाबाट सशस्त्र प्रहरीले लागू औषध गाँजा सहित एकजना लाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जिराभवानी बाट सशस्त्र प्रहरी निरीक्षक शम्भु ढुङ्गेल को नेतृत्व मा गएको सशस्त्र प्रहरी को गस्ती टोलिले जिराभवानी गाउँ पालिका वार्ड नम्बर तीन परसवा चौर स्थित नियमित चेकजाँच गर्ने क्रममा बि आर २२ ए पि ८७३५ नम्बर को मोटरसाइकल सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
मोटरसाइकलमा भारत जाँदै गरेका भारत बिहार पश्चिमी चम्पारण भवटा पन्चायत गोपाल पुर बस्ने वर्ष ५५ को मजिद मियाँ लाई एक किलो लागू औषध गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ गरिएको गाजा, मोटरसाइकल र मियाँलाई आवश्यक कार्वाही को लागि ईलाका प्रहरी कार्यालय सेढवा मा पठाइएको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भिखमपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद खड्का ले जानकारी दिनुभयो ।