Logo

३ असार, बारा । जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा पहिलो पटक पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आज देखि सिभिल इन्जिनियरिङ कक्षा संचालनमा आएको छ ।

उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले कक्षाको शुभारम्भ गर्नुभएको छ । प्राविधिक कक्षा शुभारम्भ भएसंगै ९ देखि १२ कक्षासम्मका विद्यार्थीले सिभिल इन्जिनियरिङको कक्षामा अध्ययन गर्न सक्ने विद्यालयका प्रध्यानाध्यापक शम्भु मण्डलले जानकारी दिनुभयो ।

बिद्यालयमा ४८ जना बिद्यार्थीलाई पढाउँन सक्ने कोटा प्राप्त रहेको उहाँले बताउँनुभयो । बिद्यालयको आफनै बस सञ्चालनमा रहेकाले जितपुर, सिमरा, अम्लेखगंज, पिलुवा लगायतका ठाउँका बिद्यार्थीहरुले सिभिल इन्जिनीयरिङ्ग पढ्न आउँन सक्ने बिश्वास प्रधानध्यापक मण्डलले ब्यक्त गर्नुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा ईन्जिनीयरिङ्ग बिषय पढ्न बिद्यार्थीहरुको रुचि देखिएको र अहिले २० जना बिद्यार्थी ईन्जिनीयरिङ्ग पढ्न भनेर आईसकेको बिद्यालयले जनाएको छ ।

नेपाल राष्टिय माध्यामिक विद्यालय पथलैयाले सिभिल इन्जिनियरिङको पढाई अन्य विद्यालयको तुलनामा ५० प्रतिशत कम हुने प्रधानध्यापक मण्डलले बताउँनुभयो । कक्षा ९ मा नौँ वटा बिषय पढनुपर्नेमा ५ वटा अनिवार्य र ४ वटा बिषय रुचीको आधारमा पढ्नुपर्ने बिद्यालयले जनाएको छ ।

बिद्यालयले ईन्जिनीयरीङ्ग कक्षालाई सही रुपले ब्यवस्थापनकोलागि पाचौँ तहको प्राबिधिक कर्मचारीको नियुक्ति गरी कार्यलाई अगाडि बढाएको छ । बिद्यालयले आर्थिक ब्यवस्थापन अभिभावक ,जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय ,वडा कार्यालय ,चन्दा लगायतबाट सङ्कल गरि गरिने बिद्यालयका प्रधानध्यापक शम्भु मण्डलले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार