Logo

३ असार, मुम्बई । भारतीय टेलिभिजन शो ‘गुम है किसी के प्यार मे’ विराट र सईको ट्र्याक समाप्त हुन लागेको छ, त्यसैले शो २० वर्षको लीपसंग अगाडि बढ्नेछ। तर योसँगै शोमा धेरै परिवर्तन आउनेछन्, जसको जानकारी बलिउड अभिनेत्री रेखाले दिनेछिन् !

रेखा ‘गुम है किसी के प्यार मे’ शोको नयाँ प्रोमो शूट गर्न लागेकी छिन् । यो प्रोमो छायांकनका लागि रेखाले मोटो पारिश्रमिक लिएको बताइएको छ । रेखाले यो शोको प्रोमो सुटिङ गर्ने बताइएको छ । यस शोको प्रोमोमा रेखालाई विशेष उपस्थितिका लागि बोलाइनेछ । कथाको सुरुमा, उनले शोको सार व्याख्या गर्नेछिन्।

मिडिया रिपोर्टका अनुसार रेखाले यस शोको प्रोमो सुटिङका ​​लागि मात्र १० करोड रुपैयाँ लिएकी छिन् । यसअघि पनि उनलाई यो शोको प्रोमो सुटका लागि बोलाउँदा उनले ७ करोड पारिश्रमिक लिएकी थिइन् । नयाँ प्रोमोमा रेखाले आउने पुस्ताको परिचय दिनेछिन् । उनले कथामा आउने ट्वीस्ट र टर्नको बारेमा पनि जानकारी दिनेछिन् ।


सम्बन्धित समाचार