Logo

४ असार, वीरगञ्ज । उद्योग, वाणिज्य, पर्यटन र रोजगारसँग जोडिने बिषयमा नगर उद्योग वाणिज्य संघलाई एउटा साझेदारको रुपम स्वीकार गर्दै नीति र बजेट तर्जुमा गर्न जितपुरसिमराका उद्योगी व्यवसायीले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

जितपुरसिमरा नगर उद्योग वाणिज्य संघले ३ बुँदे ध्यानाकर्षणपत्र मार्फत सोमबार उपमहानगरपालिकाका प्रमुख राजन पौडेललाई नगरक्षेत्र भित्र हुने सामाजिक कार्यमा उद्योग वाणिज्य संघलाई स्थानीय सरकारको साझेदार संस्थाको रुपमा अंगिकार गर्न आग्रह गरेको हो ।

संघका अध्यक्ष मोहन शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जितपुर सिमराको विकास निर्माणका कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्र्दै बजारको उचित व्यवस्थापन गर्न मेयर पौडेलसँग माग गरको छ ।

संघले बाटो निर्माणको समयमा सवारी साधन सहजढंगबाट संचालन हुनेगरी कार्यगर्न, सडकको विचमा वा किनारामा रहेको नालामा ढकन लगाउन र सरसफाईमा प्रभावकारी रुपमा अगाडी बढाउन उपमहानगरपालिकाको ध्यानाकर्षण गरेको छ । विद्युतको पोल लगाउन र बजार क्षेत्रको विद्युतिकरणलाई व्यवस्थित गरी नगरको सौन्दर्यकरणमा समेत ध्यान दिन मेयर पौडेललाई आग्रह गरिएको छ ।

संघले बुझाएको ध्यानाकर्षण पत्रमा कोभिड १९ को कारण उद्योग व्यापारको क्षेत्रमा नकरात्मक प्रभाव परेको र पछिल्लो समयमा मूलुकमा देखापरेको आर्थिक मन्दीको मारमा उद्योग व्यवसाय धारासायी हुने अवस्था देखिएको बिषयंम परिस्थितिमा जीतपुरको गुदरी बजार र सिमरा लगायतको स्थानमा नगरपालिकाको स्वामित्वमा रहेका व्यापारीक सटर र कवलहरुको भाडा तिर्ने म्याद २०८० पुष मसान्त सम्म बढाउन र त्यसमा छुट तथा सहुलियत दिन संघले उपमहानगरपालिकासँग आग्रह गरेको छ ।

उपमहानगरपालिकाले उठाउदै आएको विभिन्न करको कारण अप्ठारोमा परेका उद्योग व्यवसायलाई सहजढंगले व्यापार गर्ने वातावरण बनाउन, करको दर भन्दा दायरा फराकिलो बनाई स्थानीय सरकारले लिने करका शिर्षकहरु समेत समयानुकुल बैज्ञानीक र जनमैत्री बनाउन संघले मेयर पौडेलसँग आग्रह गरेको छ ।

नगरको विकासको मूल स्रोत राजश्व र करलाई व्यवस्थित र पारदर्शी रुपमा लागु गर्न नगर उद्योग वाणिज्य संघको समेत सहभागीता रहनेगरी एक राजश्व तथा कर व्यवस्थापन सम्वन्धि एक विज्ञहरु रहेको समिति गठन गर्न मेयर पौडेलको ध्यानाकर्षण गरिएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले बताउनु भयो ।

जीतपुरसिमरामा औद्योगीक प्रर्दशनी, मेला, महत्सोव, कृषि, पर्यटन तथा सास्कृतिक मेलाहरु गर्न उद्योग वाणिज्य संघलाई स्थानीय सरकारले साझेदारको रुपमा राख्न समेत आग्रह गरिएको अध्यक्ष शर्माले जानकारी दिनु भयो ।


सम्बन्धित समाचार