Logo

५ असार, काठमाडौं। काठमाडौंको माइतीघर मण्डलमा नागरिकताविहीन संघर्ष समिति र प्रहरीबीच झडप भएको छ।

मंगलबार प्रदर्शनको क्रममा नागरिकता पीडितहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झ

डप भएको हो।प्रहरीले उनीहरूलाई रोक्न खोज्दा झडप भएको हो। दुई जनाको टाउकोमा चोट लागेको आन्दोलनरत इन्द्रजित साफीले बताए। केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको उनले बताए।

उनीहरू लामो समयदेखि माइतीघरमा आन्दोलनरत छन्। सर्वोच्च अदालतले आफूहरूले न्याय देला भन्दै उनीहरू त्यहाँ आन्दोलन गरिरहेका छन्।


सम्बन्धित समाचार