Logo

६ असार, वीरगञ्ज । पाँच लाख घुस लिएर गलत नाता प्रमाणित गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाकाका एक वडाध्यक्षसहित तीन जना बिरुद्ध अख्तियारमा मुदा दर्ता भएको छ ।

घुस लिएर गलत नाता प्रमाणित गरेको आरोपमा बहुदरमाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जितेन्द्र पटेलसहित तीन जना बिरुद्ध अख्तियारमा मुदा दर्ता भएको हो ।

घुस लिएर नाता प्रमाणित गर्ने वडाध्यक्ष पटेल नाता प्रमाणित गराउने सोही स्थानका बिकाश प्रसाद यादव र उनकी पत्नि सँगिता देबी बिरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगको हेटौडा स्थित कार्यालयमा मुदा दर्ता भएको हो ।

बिकाश यादवकी पत्नि संगिता यादवलाई उनकै ससुरा विनोद यदावको कान्छि श्रीमती भनेर वडाध्यक्ष पटेलले नाता प्रमाणित गरि सिफारिस दिएको निबेदकले दर्ता गराएको निबेदन पत्रमा उल्लेख गरिएको छ । संगिताले बहुदरमाई नगरपालिका–५ मा रहेको मनकामना प्राबिमा कार्यरत रहेका आफनै ससुरा विनोद यादवको कान्छि श्रीमती भएको नाता प्रमाणित गराई बिगत चार बर्षदेखि ससुराको पेन्सन खादै आएकाके उजुरीमा उल्लेख गरिएको छ ।

संगिताका ससुरा विनोद र उनकी श्रमिती मिना देबी यादवको आफनै कालगतिले मृत्यु भएपछि उनका छोरा विकास र बुहारी संगिताले वडाध्यक्षबाट नाता प्रमाणित गराएर पेन्सन खाएको आरोप उजुरीमार्फत गरिएको छ ।

संगितालाई नै विनोदको कान्छि पत्नि बनाउन वडा नम्बर २ को वडा कार्यालयमा निबेदन दिएपछि वडा सचिव राम अयोध्या प्रसाद साहले विनोदको एकमात्र पत्नि गिता भएको तथा कुनै कन्छि पत्नि नभएको भन्दै नाता प्रमाणित गरेका थिएनन ।

पछि उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जमा वडा कार्यालय बिरुद्ध नाता प्रमाणित नगरेको भनि मुदा गर्दा अदालतले वडा कार्यालयबाट जवाफ मागेको थियो । वडा कार्यालयले विनोदको कुनै कान्छि पत्नि नभएको भनि अदालतलाई जवाफ पठाएको थियो । तर,पछि वडाध्यक्ष जितेन्द्र पटेलले विकास र उनकी पत्नि संगितासित पाँच लाख घुस लिएर नाता प्रमाणित गरिदिएको अख्तियारमा दायर भएको उजुरीमा जनाइएको छ ।

यसरी घुस लिएर नाता प्रमाणित गर्ने वडाध्यक्ष पटेल,नाता प्रमाणित गराई पेन्सन खाने विकास र उनकी पत्नि संगितालाई कानुन अनुसार दण्ड सजाय गरि पाउन अख्तियारमा उजुरी दर्ता भएको छ । कानूनत नाता प्रमाणित गर्नेकाम वडा सचिवले गर्ने भएपनि स्वार्थको लागि ऐन कानूनको उल्लंघनगरी नाता प्रमाणितमा वडा अध्यक्ष आफैले दस्तखत गरेका छन् ।

यता वडा अध्यक्ष जितेन्द्र पटेलले अदालतको आदेश अनुसार नाता प्रमाणित र नागरिकता सिफारीस गरेको बताउनु भयो । उहाँले स्थानीय शासन संचालन ऐन अनुसार नै नाता प्रमाणितको काम वडा अध्यक्षको भएकोले नाता प्रमाणितमा मैले दस्तखत गरेको बताउनु भयो ।


सम्बन्धित समाचार