Logo

७ असार,वीरगञ्ज । भारतीय टिभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’कि चर्चित अभिनेत्री मुनमुन दत्त यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् । नेपालमा समेत चर्चित यो सिरिजमा उनले लामो समयदेखि अभिनय गरिरहेकी छन् ।

यो सिरिजमा उनी बबिता जी पात्रको भूमिकामा छिन् । उनले पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर सोसल मिडियामा सेयर गरिरहेकी छन् ।

भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । दत्त चलचित्र र सिरियल अभिनेत्रीको अलवा मोडल पनि हुन् ।

 


सम्बन्धित समाचार