Logo

फाइल तस्बिर

७ असार,वीरगञ्ज । पूर्व पश्चिम राजमार्गस्थित बाराको पथलैयादेखि मकवानपुरको हेटौडा सडकखण्ड अन्तर्गत आधाभार, अमलेखगञ्ज र चुरे क्षेत्रको सडक खाल्टाखुल्टी हुनाले सवारी साधनलाई आवतजावतमा कठिनाई भएको छ ।

आधाभार देखि उत्तर सडक कतिपय स्थानमा भासिँएर कतै अग्लो र कतै होचो हुँदा मोटरसाइकल लगायत साना गाडीहरूलाई ओहोरदोहोर गर्न कठिनाइ भएको हो ।

उक्त सडकमा निकै खाल्डाखुल्डी रहेको र त्यहि माथि ठूला सवारी साधनहरुले ओभरटेक गरेर जाने भएकाले दुर्घटनाको जोखिम बढेको राजेश पण्डितले जानकारी दिनुभयो । उहाँले सो सडक भएर ओहोरदोहोर गर्न डर लाग्ने भन्दै गुनासो पोख्नुभएको छ ।

त्यस्तै बिग्रीएको सडकमा ठूला गाडीहरु स्पिडमा आउदाँ सवारी नियन्त्रण गर्न कठिनाई हुने नवराज ढकालले बताउनुभयो । उक्त सडक भएर आवातवाजत गर्दा विशेष मोटरसाइकल चालकलाई असहज हुने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सडक लथालिङ्ग हुदाँ दिनँहु सवारी दुर्घटना हुने गरेको छ ।

सडक डिभिजनका प्रमुख इन्जिनियर राजेश कुमार यादवले निकुञ्ज क्षेत्रभित्र धेरै लोड बोकेका गाडीहरु विस्तारै गुड्दा सडकको पिच भासिने जानकारी दिनुभयो ।

सडकको क्षमताभन्दा गाडीको लोड बढि हुने र त्यसमाथि सवारी विस्तारै गुड्दा सडक भासिने उहाँको भनाइ थियो ।
विशेषत् भन्सार पास गरि देशका विभिन्न शहरहरुमा लोड खाली गराउन हिडेकोँ भारतिय नम्बरका सवारी चुरेको उकालो चढ्दा लोड बढि भएकाले नै त्यस क्षेत्रको सडक भासिएको प्रमुख यादवले बताउनुभयो ।

स्रोत साधनको ब्यवस्थापन गरि तत्काल सडक मर्मत गराईने उहाँको जिकिर छ । उहाँका अनुसार सडक पटकपटक मर्मत गराउदाँ पनि भासिएर जाने भएकाले यसको दिर्घकालिन रुपले समाधान खोज्न सिनियर ईन्जिनियर पदम शाहीलाई जिम्मा दिएको छ ।

शाहीले यस विषयमा अनुसन्धान गरिरहेको र प्रतिवेदन बुझाएपछि थप काम अघि बढाइने ईन्जिनियर यादवले आश्वासन दिनुभएको छ ।


सम्बन्धित समाचार