Logo

८असार,काठमाण्डौ । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न पाँच जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाण्डौ उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जर्मनका नागरिक पाउल वेर्स्ट, चितवनका महेश चौध्री, काठमाण्डौ चन्द्रागिरिका सुगम मैनाली, काठमाण्डौकै मुखिया गुरुङ, मोरङका बच्चन भनिने राज गौतम, चेक रिपब्लिकका मार्टिना सेर्ना, इटालियन नागरिक डेभिडमिनाडिओ, धादिङ रुबीभ्यालीका दावा तामाङ र नरबहादुर तामाङ, झापाका सुमन लिम्बू, भारतको बिहारका हेमन्तकुमार भगत र सञ्जीव कुमार रहेका छन् ।

उनीहरुलाई खैरो हिरोइन, चरेस, कोडिन, कोकिन, गाँजा लगायतका लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरुबाट बरामद भएको लागुऔषधको अवैध बजारमूल्य २ करोड ३३ लाख १५ हजार २५० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार