Logo

९असार,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका नगरकार्यापालिकाको कार्यालय हरपुर पर्साकोे नवौं नगर सभा सम्पन्न भएको छन् ।
पर्सागढीको समृद्धिको आधार, गुणस्तरीय शिक्षा तथा स्वास्थ,कृषि,पर्यटन र पुर्वाधार भने मुल नरा र प्राथमिकताको साथ पर्सागढी नगरपालिकाको नवौं नग सभा सम्पन्न भएको छ ।

कार्यक्रम नगरपालिकाको नगर प्रमुख गोकर्ण पाठकको अध्यक्षतामा भएको नगर सभामा नगरपालिकाकि उप प्रमुख पुजा चौधरीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन ।

प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई स्वागत मन्तव्य व्यक्त गरेको थिए । नगरपालिकाको नवौ वडाका वडा अध्यक्ष वडा सदस्य कर्मचारी स्थानीय पत्रकारहरु प्रमोद प्रसाद यादव,बलिराम शुक्ला,रन्जन यादव,चिरञ्जीवी यादव र सुरक्षाकर्मी,समाजसेवी लगाएको।उपस्थिति रहेको थियो ।

आगामी आर्थिक वर्ष २०८०/०८१को कुल बजेट ५५ करोड ७० लाख ३८ हजारको बजेट नगरपालिकाकी उप प्रमुख पुजा चौधरीले प्रस्तुत गरेकी हुन । नीति तथा कार्यक्रमहरु मेयर गोकर्ण पाठकले प्रसुत गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट कार्यगरेको वडा सचीव कुशुम दास र महिला तथा बालबालिका शाखाकी चेतकुमारी तिमल्सिना लाई नगर र दोसल्ला ओढाएर समान गरिएको थियो ।

नगरसभा सर्वसहमतिले भएको भनाई प्रती वडा अध्यक्ष सेख खुर्सिद अन्सारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेको थिए ।

कार्यक्रमको समुदघाटन नगरपालिकाको नगर प्रमुख गोकर्ण पाठकले गर्नु भएको थियो ।
उहाँले कार्यक्रममा बोल्दै नगरपालिकाको प्रमुख प्राथमिकता भनेको शिक्षा,स्वास्थ,कृषि,भौतिक पुर्वाधार र पर्यटन स्थलको नमुना विकास गर्ने योजना तयार भएको र सबै क्षेत्र विकास मुखी बनाउने नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् ।


सम्बन्धित समाचार