Logo

फाइल तस्वीर

१०असार,वीरगञ्ज । सरकारले मिटरब्याज समस्याको समाधान गर्न गठन गरेको आयोगमा मधेसका ८ जिल्लाबाट पीडितका २२ हजार वटा उजुरी परेका छन् । आयोगले जारी गरेको बिज्ञप्तीमा मधेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा १७ हजार ८०० र पश्चिम नवलपरासीमा १ हजार ८८९ वटा उजुरी परेको जानकारी दिएको छ ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि २० चैतमा गौरीबहादुर कार्कीको अध्यक्षतामा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

जनकपुरधाममा मुख्यालय रहेको आयोगले पीडितबाट उजुरी संकलन र मेलमिलाप गराउँदै आएको छ । अध्यक्ष कार्कीका अनुसार मिटरब्याजी साहु र पीडितबीच मेलमिलापलाई प्राथमिकता दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी, सहायक सरकारी वकिल र प्रहरी निरीक्षक सहितको कार्यदलमार्फत मिटरब्याजी र पीडितबीच मेलमिलाप गराइरहेको कार्कीले हिजो विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

 


सम्बन्धित समाचार