Logo

१० असार,सेढवा । पर्साको पटेर्वासुगौली गाउपालिकाले पनि आज अगामी आर्थिक बर्ष २०८०/८१ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन। वडा नं ४ मा रहेका गुदरबाबा मन्दिर परिसरमा आयोजित कार्यक्रममा गाउपालिका उपाध्यक्ष ममता महतोले निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेकी हुन्।

गाउपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षता एवम् समाजसेवी तथा बुद्धिजीवी परमेश्वर गौरोको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम सम्पन्न भएका छन। उपाध्यक्ष महतोले अगामी बर्षका लागि अनुमानित ३८ करोड, १५ लाख, ६ हजार ३ सय रुपैयाको बजेट सार्वजनिक गरेकी हुन्।

जसमा संघिय तथा प्रदेश सरकारको बितिय सम्मानिकरण अनुदानबाट १० करोड २१ लाख ४४ हजार, शसर्त अनुदान अन्तर्गत १५ करोड १६ लाख , बिशेष अनुदान तर्फ ८० लाख, सम्पूर्क अनुदान ७० लाख राजश्व बाटफाटबाट ७ करोड ९५ लाख ७७ हजार ३ सय, आन्तरिक आय ३ करोड ३१ लाख ८९ हजार रुपैया अनुमानित आय रहेका छन। त्यस्तै खर्च तर्फ कार्यालम व्यवस्थापनमा ६ करोड, कृषि तर्फ ८५ लाख , पशु बिकासमा ३५ लाख , उद्यम बिकासमा २५ लाख , शिक्षामा २ करोड ५० लाख , स्वासथ्यमा १ करोड ३० लाख र प्रत्येका वडा कार्यालयलाई ६०÷६० लाख रुपैया अनुमानित खर्च बजेटमा जनाईएका छन।

अगामी आर्थिक बर्षमा गाउपालिकाको प्रशासनिक भवन निर्माण, आखा अस्पताल निर्ण लगायतका ठूला योजनाहरुमा लगानी गरिने नितिमा छ। यसका साथै शिक्षा, कृषि, स्वास्थ्य,पर्यटन बिकास ,भौतिक निर्माण तथा स्थानीय कता संस्कृतिको बिकास एवम संरक्षण गर्ने योजनाहरुमा बिशेष जोड दिएका छन।

कार्यक्रममा पालिकाको प्राशासनिक भवन निर्माणका लागि जग्गादाता , उत्कृष्ट माछा पालक किसान, दुग्ध उत्पादन किसान, तरकारी उत्पादक किसान, अन्न उत्पादक किसान तथा बिभिन्न तहका उत्कृष्ट शिक्षकहरुलाई सम्मान तथा प्रशन्सा पत्र बितरग गरिएका थिए।


सम्बन्धित समाचार