Logo

१० असार,सेढवा ।पर्साको जगरनाथपुर गाउँपालिकाको ९ औं गाउँ सभा आज सम्पन्न भएका छन। गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता एवम प्रदेश सांसद शंकर प्रसाद चौधरीको प्रमुख अतिथ्यमख सम्पन्न गाउँसभामा गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले अगामी आर्थिक बर्ष २०८०/०८१ा काे लागि ४१ कराेड ८८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

शिक्षा तर्फ २ करोड ३५ लाख,२० हजार, स्वास्थ्य तर्फ १ करोड १३ लाख, कृषि तर्फ ८५ लाख ५५हजार,खानेपानी तथा चपाकल जडानमा ४६ लाख ५० हजार, खेलकुद १२ लाख, सामाजिक समावेशीकरणमा १ लाख,वन तथा विपद व्यवस्थापनमा ४लाख ७५ हजार,सोलार सौर्य बत्ती बिजुली जडानमा ४ लाख ३० हजार,मठ मन्दिर तथा मस्जिद सास्कृतिक सम्पदामा १ करोड ४३ लाख, कार्यालय संचालन तथा प्रसासनिक खर्च तथा कर्मचारी को तलब भत्ता ८करोड ७९ लाख ९ हजार एक सय एक रुपैया अनुमानित खर्च हुने जनाईएका छन।

नेपाल सरकारलको सशर्त चालु १६ करोड २६ लाख,नेपाल सरकारलको पुजिगत खर्च ८६ लाख, नेपाल सरकारको समपुरक अनुदान ५० लाख, नेपाल सरकारको विशेष अनुदान ८० लाख , प्रदेस सरकारको समपुरक अनुदान २० लाख, प्रदेस सरकारको विशेष अनुदान ३० लाख गरि जम्मा बजेट ४१ करोड ८८ लाख एक हजार एक सय एक रुपैयाँको विनियोजन गरिएको छ।

गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक बर्षको नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ नारा सहितको अभियान संचालन गरिने वताए । उनले विद्यालयलाई आपंगता तथा बालमैत्री बनाउने निति ल्याउने बताए।
कक्षा १० का विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा संचालन गरिने र एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र÷छात्राहरुलाई प्रोत्साहनसहित छात्रवृति प्रदान गरिने अध्यक्ष यादवले बताए।

अध्यक्ष यादवले सासु, ससुरालाई राम्रोसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत वताए ।
उनले प्रत्येक वडाको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडको अस्पताल संचालनको लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने वताए ।

उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिकविकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढिरहेको बताए।कार्यक्रममा विशिष्ट अतिथि नबिन सिंह, सहरुम राउत गदि, महम्द अफताब आलम,नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ का क्षेत्रिय सचिव बलिष्टर अहमद, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महतो नुनिया, अयोध्या प्रसाद कुर्मी , गा.पा का वडा सचिव, कर्मचारी,शिक्षक, बुद्धिजिवीहरुको सहभागिता रहेका थिए।


सम्बन्धित समाचार