Logo

११ असार,बारा । देशका ११ वटा उपमहानगरपालिकामध्ये १० वटाले आउँदो आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट ल्याएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले आउँदो १३ गते बजेट ल्याउने तयारी गरेको भए पनि कार्यपालिकामा विवाद रहेको छ । जीतपुरसिमराको नीति तथा कायक्रम भने गएको २ गते नै नगरसभामा पेस भइसकेको छ ।

बजेट ल्याएका १० वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै मकवानपुरको हेटौँडा उपमहानगरले दुई अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको छ । हेटौँडाले गएको ३ गते नै बजेट ल्याएको हो । यस्तै सुनसरीको इटहरी उपमहानगरले आउँदो आर्थिक वर्षका लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ ।

सुनसरीकै धरान उपमहानगरले एक अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरले गएको शुक्रवार नै दुई अर्ब २८ करोड रुपैयाँको बजेट ल्याइसकेको छ । बाराको कलैया उपमहानगरले आउँदो आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड ३८ लाख रुपैयाँको बजेट गएको बुधवार नै ल्याइसकेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरले दुई अर्ब ३६ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यस्तै दाङको घोराही उपमहानगरले आउँदो आर्थिक वर्षका लागि दुई अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । दाङकै तुलसीपुर उपमहानगरले एक अर्ब ७९ करोडको बजेट ल्याएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरले शनिवार नै एक अर्ब ६७ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ । धनगढीको धनगढी उपमहानगरले एक अर्ब ९३ करोड आठ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।


सम्बन्धित समाचार