Logo

११ असार,काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनको छ करोड उनान्चालीस लाख त्रियानब्बे हजार तीन सय बाह्र रुपैँया एकचालीस पैसा सम्पत्ति देखिएकामा त्यसमा एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा अवैध देखिएकाले सोही रकम बराबरको विगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।


सम्बन्धित समाचार