Logo

फाइल तस्बिर

११ असार,सिम्रौनगढं । बाराको सिम्रौनगढ नजिक भारतको सिमावर्ति शहर घोडासहनमा प्रहरी र डाकाबिच झडप भएको छ । झडपमा दुईजना डाकाको मृत्यु भएको छ ।

गएराती डाकाहरुको समूहले घोडासहन पुरनहिया नजिक चोरी डकैती गर्ने योजना बनाईरहेका गोप्य सूचनाको आधारमा मोतिहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरुले बम प्रहार गरेका थिए ।

सोही पछिको झडपमा परि दुई जना डाकाको मृत्यु भएको हो । घटनामा तीन जना प्रहरी घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट पिस्टन बन्दुक, देशी बम, बम बनाउने सामग्री, लाठी तथा ग्यास सिलिन्डर समेत बरामद गरेको छ ।

करिब १५/२० जनाको समूहमा आएका डाकाहरुको समूहमा अन्य केहि घाईते भएको र उनीहरु नेपालको सिमातर्फ भागेको भारतिय प्रहरीले जनाएको छ ।

मृतकको पहिचान नभएकोले प्रहरीले भारत र नेपाल दुवैतर्फका सिमावर्तित थानाहरुमा उनीहरुको फोटो पठाएको मोतिहारीका एसपी कान्तेश कुमार मिश्राले जानकारी दिनुभयो ।घटनाबारे थप अनुसन्धान भईरहेको मिश्राले बताउनुभयो ।


सम्बन्धित समाचार