Logo

११ असार,वीरगञ्ज । पर्सा जिल्ला अदालतका न्यायाधिश रामप्रसाद शर्माले वीरगञ्ज महानगरपालिका अन्र्तगत रहेको न्यायिक समितिको अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।

महानगरका उपप्रमुख इम्तियाज आलमले न्यायाधिश शर्मालाई खाँदा तथा दोसल्ला ओढाएर फूलको गुच्छा सहित स्वागत गर्नुभएको हो ।
सो क्रममा न्यायाधिश शर्माले न्यायिक समितिको अनुगमन गर्नुका साथसाथै त्यहाँ रहेका विभिन्न मुद्दाहरुको बारेमा छलफल गर्नुभएको थियो ।

उहाँले न्यायिक समितिले फैसला गरेको मुद्धाको पुनरावेदनमा पठाएको मुद्दा आफुले हेर्ने मौका पाएको बताउदै धेरै मुद्धा सदर गरेको जानकारी दिनुभयो । न्यायाधिश शर्माले न्यायिक समितिले गरेको कार्यको चर्चा समेत गर्नुभएको थियो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमाज सिंह, न्यायिक समितिका संयोजक एवम् वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायतको उपस्थिती थियो ।


सम्बन्धित समाचार