Logo

११ असार, वीरगञ्ज । हुण्डी कारोवारमा संलग्न भएको आरोप पर्सा प्रहरीले ८ लाख नगद सहित एकजनालाई पक्राउ गरेको छ ।

सीमावर्ती शहर रक्सौलबाट वीरगञ्ज तर्फ मोटरसाइकलमा ८ लाख नगद रकम लिएर प्रवेश गरेको अवस्थामा इनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरी आज मात्र सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक दीपक गिरीका अनुसार भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको ना. २८ प ९००८ नम्बरको मोटरसाईकल रोकी खानतलासी गर्दा मोटरसाइकलमा सवार बारा प्रसौनी गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३३ को सुनिल कुमार साहले लगाएको हेलमेटभित्र स्रोत नखुलेको एक हजार दरका आठ लाख नेपाली रुपियाँ फेला परेको हो ।

प्रहरीले स्रोत नखुलेको ८ लाख रुपियाँ सहित पक्राउ परेका साहलाइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा ५ दिनको म्याद थप भई अनुसन्धान गरेको प्रहरी नायव उपरिक्षक गिरीले बताउनु भयो ।


सम्बन्धित समाचार