Logo

१२ असार, वीरगञ्ज । असार १० गते भित्र नीति तथा कार्यक्रम र बजेट ल्याएका पर्साका स्थानीय तह मध्ये २ वटा पालिकाले मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा बजेट प्रविष्ट गरेका छन् ।

पर्साका १४ पालिका मध्ये ९ वटा पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । ती मध्ये वीरगञ्ज महानगरपालिका र जगरनाथपुर गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा बजेट प्रविष्ट गरेको पाईएको छ ।

वीरगन्ज महानगरपालिकाले असार ६ गते नै नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । त्यस्तै जगरनाथपुर गाउँपालिकाले असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो ।

वीरगञ्ज महानगर र जगरनाथपुर गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको दिन मन्त्रालयको वेभसाईटमा बजेट प्रविष्ट गरेका हुन् । सबैभन्दा पहिले बजेट ल्याएको पर्साको बहुदरामाई नगरपालिकाले अहिलेसम्म वेभसाईटमा बजेट प्रविष्ट गरेको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको दिन मन्त्रालयको वेवसाइडमा बजेट प्रविष्ट गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । असार १० गते भित्र स्थानीय तहले बजेट ल्याउनु पर्ने बाध्यात्मक व्यवस्था भएपनि पर्साका पर्साका ७ वटा स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् ।

पर्साको पर्सागढी र पोखरिया नगरपालिका, पकहामैनपुर र पटेर्वासुगौली गाउँपालिकाले पनि बजेट वेभसाईटमा प्रविष्ट गरेको छैन । नीति तथा कार्यक्रम र बजेट समयमै ल्याएका ४ पालिकाले पनि मन्त्रालयको वेवसाइडमा बजेट नराखेको संघिय मामिला मन्त्रालयले जनाएको छ ।

ठोरी र जीराभवानी गाउँपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएपनि आन्तरिक विवादका कारण बजेट आउन सकेको छैन । यि दुवै पालिकामा जनप्रतिनिधि विच विवाद नभएपनि आन्तरिक तयारी नपुगेको भनेर बजेट ल्याउन नसकेको बताइएको छ ।

पर्साका सखुवा प्रसौनी, कालिकामाई, धोविनी, विन्दवासिनी र छिपहरमाई गाउँपालिकाले भने अझै नीति तथा कार्यक्रम पनि ल्याउन सकेका छैनन् । छिपहरमाई गाउँपालिकाले असार १५ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको पालिकाका अध्यक्ष मनोज गुप्ताले बताए ।

सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्टले पार्टीको काममा काठमाडौं व्यस्त हुनुपरेकोले समयमै बजेट ल्याउन नसकिएको बताई । उनी जसपाबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन । अहिले जसपाको विधान सम्मेलन काठमाडौंमा भएकोले उनी त्यसैमा व्यस्त भएकी हुन । गाउँपालिकाको बजेट छोडेर राजनीतिक पार्टीको काममा हिडेपछि उनको अहिले आलोचना भएकोछ ।

विन्दवासीनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह बजेट अधिवेशन अघिनै सरुवा भएर जिल्ला समन्वय समितिमा हाजीर भएका छन् । कर्मचारी व्यवस्थापन हुन नसक्दा बजेट आउन नसकेको गाउँपालिकाले जनाएकोछ ।

कालिकामाई गाउँपालिकामा रहेका प्रमुख प्रशासकिय अधिकृत अमित गिरी पनि त्यहाँबाट सरुवा मिलाएर जिराभवानी गाउँपालिकामा गएपछि बजेट आउन सकेको छैन । कालिकामाईमा जनप्रतिनिधि र कर्मचारी विच समन्वय हुन नसक्दा नीति तथा कार्यक्रम समेत बन्न नसकेको हो ।

१ सय ३६ वटा स्थानीय तह रहेको मधेस प्रदेशमा ३४ वटा स्थानीय तहले मात्रै बजेट प्रविष्ट गरेका छन् । १०२ स्थानीय तहले अझै बजेट पेश गरेका छैनन् ।


सम्बन्धित समाचार