Logo

१२ असार,सेढवा । पर्साका ग्रामीण भेगका किसान अहिले चैते धानबाली भित्र्याउन व्यस्त भएका छन् । चैते धानबालीको उत्पादन राम्रो भएको र बजारमा राम्रो दाममा बिक्री हुने उनीहरुले बताएका छन् ।

पर्सागढी नगरपालिका, ठोरी, जीराभवानी, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिका किसानले हर्दीनाथ जातका धान लगाएका छन् । जिराभवानी गाउँपालिका वडा नं. २ का किसान राजेश साहले यसपाली वर्षा नभए पनि चैते धानबालीको उत्पादन राम्रो भएको जानकारी दिनुभयो ।

यो बाली २४० देखि २८० किलो प्रतिकट्ठाको दरमा उत्पादन भएको उहाँको भनाई छ । उहाँले १२ कट्ठामा लगाएको चैते धानबालीबाट करीब ३० क्विन्टल धान उत्पादन गरेको बताउनुभयो । त्यस्तै पटेर्वासुगौली गाउँपालिका–२ का बिगा महरा चमारले पनि विगतभन्दा यसवर्ष चैते धानबालीको उत्पादनमा निकै वृद्धि भएको जानकारी दिनुभयो ।

उहाँले यसपाली धानको भाउ पनि राम्रो भएकोले खुशी लागेको बताउनुभयो । उहाँका अनुसार यसपटक चैते धान दुर्ई हजार सात सयदेखि तीन हजार प्रतिक्विन्टलको दरले बिक्री भएको छ ।

भदई तथा अगहनी धानबालीको अधिकतम उत्पादन पाँच मन प्रतिकट्ठा रहेको र भाउ दुई हजार तीन सयदेखि अढाई हजार प्रतिक्विन्टल हुने हुँदा सो बालीभन्दा चैते धानबाली राम्रो भएको किसानको भनाइ छ ।

पटेर्वासुगौली गाउँपालिका–१ र २ मा मात्र करिब चार÷पाँच सय बिगाहामा यो बाली लगाइएको किसान चमारले बताउनुभयो । किसानले सुक्खाको मार सहेर हप्तामा दुर्ईपटक सिंचाइ गर्नुपर्ने बाध्यता छ । ठोरीमा मात्र यो बाली ६ सय बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको छ ।

 


सम्बन्धित समाचार