Logo

१२ असार, काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीको हिरासत थुनुवाले भरिएको छ। अहिले विभिन्न आरोपमा पक्राउ परेका ३ महिलासहित २७ जना सीआईबीको हिरासतमा छन्।

बैंकिङ कसुर लगायतका आरोपमा पक्राउ परेकाहरु पहिलेदेखि नै हिरासतमा थिए। ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सन्चालकसहित आजै ७ जना पक्राउ परेका छन् ।

यो प्रकरणमा संलग्न थप व्यक्तिहरुको खोजी भइरहेकाले हिरासत कक्ष खाली गराउने तयारी छ।
तीन जना थुनुवालाई सोह्रखुट्टे लगायतका प्रहरी वृत्तमा स्थानान्तरण गरेर खाली गराउने तयारी भइरहेको स्रोतले बताएको छ ।


सम्बन्धित समाचार