Logo

फाइल तस्बिर

१३असार,वीरगञ्ज । बाराको फेटा गाउँपालिका वडा नम्बर १ भरवलियामा रुखबाट लडेर आज विहान एक जनाको मृत्यु भएको छ । भरवलिया निवासी अन्दाजी ५० वर्षिय सम्भु मुखिया बिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी ताडी उतार्न रुखमा चढ्दा खुट्टा चिप्लेर लडेका थिए । आफन्तले उनलाई समान्य उपचारको लागी घर लगेर पानी खुँवाउँदाखुवाउदै मृत्यु भएको स्थानियको भनाईलाई उदृत गदै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताउनुभयो ।

उनी मापसे गरेर रुखमा चढेको र खुट्टा चिप्लेर लड्दा मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ । मृतक सम्भुको शव अहिले पोष्टमार्टमको लागी बाराको कलैया अस्पतालमा पठाइएको प्रहरी उपरिक्षक बोगटीले बताउनुभयो ।


सम्बन्धित समाचार