Logo

१२ असार, वीरगञ्ज। विभिन्न अनलाइन गेममार्फत सट्टेबाजी खेलमा संलग्‍न रहेको आरोपमा प्रहरीले बारा जीतपुरसिमराका २ सहित चार जनालाई पक्राउ गरेको छ।

बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १४ कंलकी बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं .१४ कंलकी बस्ने २५ वर्षीय विवेक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका वडा नं. २ कुरिया घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्टस् भन्ने एप्लिकेसनमार्फत विभिन्न अनलाइन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराइ खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही एवम् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ।


सम्बन्धित समाचार