Logo

१३असार,काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो ।

बजेट पारित गर्नका लागि संसदमा पहिलो पटक मतदान भएको हो।बजेट पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २५५ जना सदस्यहरु रहेका थिए ।प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो ।

एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए ।


सम्बन्धित समाचार