Logo

फाइल तस्बिर

१४ असार,पचगावाँ,पर्सा । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर २ रंगपुरटाँडीबाट १५ क्युफिट सालको काठ बरामद भएको छ ।

सब डिभिजन वन कार्यालय रंगपुरटाँडीबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वन गस्ती टोलीले आज बिहान ३ थान सालको कांचो गोलिया काठ र ३ थान साईकल बरामद गरेको हो ।

राष्ट्रिय वनबाट तस्करहरुले अवैधरूपमा सालको रुख कटान गरि गोलिया बनाएर साइकलमा लोड गरी सखुवा प्रसौनी गाउँपालिका वडा नंवर ३ कौवाबन टोलमा रहेको चिरान मिल र फर्निचर उद्योगमा लैजाने क्रममा रंगपुरटाडीबाट वनगस्ती टोलीले करिब १५ क्युफिट काठ र साईकल बरामद गरेको रेन्जर कपिलदेव यादवले जानकारी दिनुभयो ।

तस्करहरु भने वन गस्ती टोलीलाई देख्नासाथ काठसहित साइकल छाडेर फरार भएको उहाँले बताउनुभयो । उनीहरुको खोजी कार्य भईरहेको रेन्जर यादवको भनाइ छ ।


सम्बन्धित समाचार