Logo

१४ असार, वीरगञ्ज । शर्मिला पाण्डे निर्मित नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शन गरिएको छ। प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले बताए।

चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले एक दिनअघि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको बताए। ‘हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौं। नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ’, उनले भने। ‘विदेशी चलचित्र समेत बिहीबार नै आउँदै छ। त्यसैले हामीले पनि यहीं समय रोजेका हौं’उनले भने ।

चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपाने लगायतले अभिनय गरेका थिए। निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौंमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन्।

बुधबार साँझ काठमाडौंमा आयोजित विशेष प्रदर्शनीमा चलचित्र हेर्ने कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन्। ‘चलचित्रकर्मीले दिएको प्रतिक्रियाले हामी उत्साहित भएका छौं। अन्य दर्शकबाट आउने प्रतिक्रियाको प्रतीक्षामा छौैं’, लेखक खनालले भने।


सम्बन्धित समाचार