Logo

dhandiwsh

१५ असार,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाले कार्यक्रमको आयोजना गरि आज २० औ राष्ट्रिय धान दिवस मनाएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रधुम्न चौहानले पोखरिया नगरपालिकाले कृषिलाइ मध्य नजर गर्दै बजेट विनियोजन गर्न लागेको बताउनुभयो ।

यो वर्ष पानी नपर्दा किसानलाइ खेती गर्न भएको समस्यालाइ मध्य नजर गर्दै बोरिङको व्यस्थापनलाई प्राथमिकता दिएर बजेट ल्याउने सोच बनाएकाले वडा अध्यक्षहरूलाई यसमा बजेट विनियोजन गर्न उहाँको सुझाव छ । नेपाल कृषिप्रधान देश नामको मात्रको भएको उहाँको आरोप छ ।

हाल देशमा किसानले समयमा बिउविजन, मलखाद नपाउनु दुखद कुरा भएको उहाँको तर्क छ ।
कार्यक्रममा उपप्रमुख रुवी ठाकुर, प्रशासन शाखा प्रमुख अजय श्रीवास्तव, वडा अध्यक्षहरू लक्ष्मण साह कानु, किशोरी साह, महिन्दर चौहान, परमानन्द कुर्मी, एमाले नगर अध्यक्ष विध्याञ्चल ठाकुर, नगरपालिकाका कर्मचारी लगायत किसानको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार