Logo

१६ असार,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले मिटर ब्याजविरुद्ध परेको उजुरीमा कारवाही तिब्र पारेको छ । प्रहरी, प्रशासनको संयुक्त टोलीले जिल्लाभरका ३ हजार ३ सय २२ उजुरीका आरोपीलाई पत्र पठाउने, नियन्त्रणमा लिने र अनुसन्धान तथा कारवाही गर्ने कार्यलाई तिव्र पारेको हो ।

अनुचित लेनदेनकै बिषयमा समाजमा दबाव, प्रभाव धम्की, झैझगडा तथा अन्य प्रकृतिका घटना बढ्न सक्ने भन्दै प्रशासनले १८ जना प्रहरी अधिकृत सहितको टोली बनाई कारबाही अगाडि बढाएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले परेका उजुरी मध्ये क्षणिक लाभका लागी चेकको प्रयोगदेखी बढी रकमका तमसुक बनाउनेसम्मका रहेको जानकारी दिनुभयो ।

प्रशासनले गरेको आग्रहलाई अटेर गर्ने ९ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको उहाँले बताउनुभयो ।
हालसम्म १ सय ८ वटा मुद्दाको जग्गा र पैसा फिर्ता गराई फछ्र्यौट भैसकेको र ३० वटामा छानविन भैरहेको जिल्ला प्रशासनले जनाएको छ ।


सम्बन्धित समाचार