Logo

१६ असार,वीरगञ्ज । आज एकिकृत समाजबादी पार्टी पर्सा द्वारा समाजबादी मोर्चा बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी को प्रमुख आतिथ्यमा समाजबादी मोर्चा बारे छलफल, बहस भएको थियो।

पार्टीका पर्सा जिल्लाको जिम्मेवार नेतागण हरु आ आफ्नो धारणा राखी छलफल र बहस गरेको थियो भने पार्टी जिल्ला अध्यक्ष बालगोपाल थापा समाजबाद बारे प्रष्ट पार्नु भएको थियो भने पार्टीका केन्द्रीय सचिव नेपाली को लागि नेपाली विशेषता को समाजवाद स्थापना गर्ने उदेश्य रहेका समाजबादी मोर्चा भनी जानकारी बहस छलफल मा बताउनु भएको थियो। समाजबादक आर्थीक, सामाजिक र राजनतिक तबरले परिवर्तन समाजमा रहेका छन्।

गास बास कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा लगायतका साधन श्रोत आमजनता मा सामान्य रूपमा उपलबधिमूलक देखापर्यो भने मात्र समाजबादको परिवेश मा प्रवेश गरेको महसुस गरिन्छ, पुँजीपति लाई अन्त गर्नु नै समाजदबाद हो।

सामन्तबाद र पुँजीपति दलाल लाइ अन्त गरि सर्वहारा बर्ग, दलित भूमिहिन किसान, लाइ समानता हक अधिकार सुरक्षित गराउनु नै समाजवाद हो भनी आ आफनो विचार राखेको थियो। पार्टी नेतागण किशोरी कुशवाहा, मनोज चौधरी, मनोज पटेल, अनील पटेल, गंगा खडका, बृजलाल पासवान, द्वारिका श्रीवास्तव, बृज यादव, जोगमाय तामाङ, मंजूर आलम लगायत पार्टिका जिम्मेबार नेतागणको उपस्थिती रहेको थियो।


सम्बन्धित समाचार