Logo

१७ असार,वीरगञ्ज । पर्सा जिल्लामा १ हजार ३ सय २१ वटा मिटरब्याज सम्बन्धी उजुरी परेको छ ।

मिटरब्याजी सम्बन्धी जाँचबुझ आयोग गठनपछि उजुरी दर्ता शुरु भएको जिल्ला प्रशासन कार्यालय पर्सामा १ हजार ३ सय २१ वटा उजुरी परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्सामा उजुरी परेका मध्य २१४ वटा उजुरीमा कारवाही भएको र त्यसमध्यमा ६७ वटा उजुरी फछ्र्योट पनि भएको बताउनुभयो । फछ्र्योट भएका मध्य ६५ वटा मेलमिलापबाट फछ्र्योट गरिएको छ । भने दुईवटा उजुरी मुद्दा प्रकृयाका लागि प्रहरी कार्यालयमा गएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो ।


सम्बन्धित समाचार