Logo

१८ असार,रौतहट । रौतहटको विभिन्न स्थानबाट विद्युत् ट्रान्सफर्मर चोरी गर्न सक्रिय रहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गरुडा नगरपालिका ६ पोठीयाहिका ४२ वर्षीय अशोक साह, कटहरीया १ भसेढवाका ४६ वर्षीय रामलाल महतो, सोही ठाउँका ३६ वर्षीय वीरेन्द्र राय यादव, ३७ वर्षीय सुखल महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर अरविन्द कुमार साहले बताउनुभएको छ ।

जिल्लाको विभिन्न खुला स्थानमा जडान रहेको विद्युत् ट्रान्सफर्मर अनेक उपकरणको सहयोगले लगातार चोरी गर्ने गिरोहका उनीहरुलाई अनुसन्धानको आधारमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाको टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले एक थान मोटरसाइकल, एक थान स्कुटी, एक थान आइफोन,र ३ थान अन्य कम्पनीको मोबाइल बरामद गरेको छ ।


सम्बन्धित समाचार