Logo

१८ असार,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद प्रदीप यादवले जिल्ला समन्वय समितिको कार्यक्षेत्रको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

जिल्ला समन्वय समिति पर्साको चौथो जिल्ला सभालाई सम्बोधन गर्दै उहाँले जिल्ला समन्वय समिति पर्साको पछिल्लो कार्यकाल समग्रमा प्रभावकारी भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारले सबै स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह गरेको जसपाका प्रमुख सचेतक समेत रहनुभएका यादवको बुझाई छ । समन्वय समितिलाई अधिकार नदिएको गुनासोप्रति ध्यानाकर्षण भएको बताउँदै सांसद यादवले समितिलाई अधिकार सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पूर्व वन तथा वातावरण मन्त्री समेत रहनुभएका यादवले अवैध रूपमा हुने उत्खनन्लाई रोक्नका लागि समन्वय समितिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । उद्योगलाई वातावरणमैत्री बनाउनका लागि अनुगमनलाई तिव्रता दिन उहाँको सुझाव छ ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतको उपस्थिति रहेको सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार