Logo

१८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १९ स्थित बिन्दबासीनीको केहुनियामा वीरगञ्ज महानगरले डोजर चलाएको छ ।

कैलाश राउत यादव तथा अनिल साह कलवार सहितका व्यक्तिहरुले अतिक्रमण गरेको सार्वजनिक जग्गामा महानगरले डोजर चलाएर हटाएको हो ।

उनीहरुले सार्वजनिक जग्गा अतिक्रमण गरि पक्की घर तथा टहरा निर्माण गरेकाले आवतजावतमा कठिनाई भएको र सोही संरचनाका कारण दर्जनौ घर परिवार विद्युत्को पहुँचबाट टाढा हुनुपरेको स्थानियको गुनासो छ ।

सोही गुनासोको आधारमा आज वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उक्त स्थानको स्थलगत अनुगमन समेत गर्नुभएको थियो । नगरप्रमुख सिंहकै निर्देशनमा आज उक्त संरचना डोजर लगाएर हटाईएको वडा नं. ५ का वडाध्यक्ष प्रदिप चौरसियाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार