Logo

१८ असार, काठमाण्डौ । रियालिटी शो ‘हिमालय रोडिज’ को पाँचौ सिजन आगामी साउन ८ गतेदेखि प्रसारण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो साहसिक रियालिटी शोका प्रायोजकसँग सम्झौता गरिएको छ ।

‘पावर अफ फाइभ’ को थिममा निर्माण भएको यसपटकको रोडिजमा कुल पाँच जना ग्याङ लिडर हुनेछन् जसले आफ्नो टीमलाई जिताउन आफ्नो सम्पूर्ण शक्ति लगाउनेछन् । कार्यक्रममा होस्ट र ग्याङ लिडरका रुपमा चर्चित टीभी पर्सनालिटी सुरजसिंह ठकुरी अनुबन्ध भएका छन् भने नयाँ ग्याङ लिडरका रुपमा चर्चित नायिका प्रियंका कार्की थपिएकी छन् ।

पहिलो सिजनदेखि नै ग्याङ लिडरका रुपमा रहेका आशिष राना लाहुरे र दिया मास्के एवं सिजन ३ देखि निरन्तर रहेका अनुपविक्रम शाही पनि सिजन ५ मा ग्याङ लिडरका रुपमा देखिनेछन् ।


सम्बन्धित समाचार