Logo

१९ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई टोलमा चोरी भएको छ । मुख्य सडकमा रहेको दास आयलदेखि पश्चिमतर्फ अन्दाजी एकहजार पाँचसय मिटरको दूरीमा रहेको ललित बहादुर कार्कीको घरमा चोरी भएको हो ।

कार्कीको घरमा डेराभाडामा बस्ने नारायणी एफ.एमका उपप्रबन्धक विदुर गौतमको कोठाको ताल्चा फोडेर नगद र गरगहना चोरी भएको हो । काम विशेषले श्रीमान श्रीमती नै काठमाडौं गएको बेला चोरले घरभित्र पसेर घरमा रहेको साढे तीनतोला सुन, तीनतोला चाँदी र नगद १२÷१३ हजार रुपैंया चोरी भएको हो ।

गौतम दम्पती आज बिहान काठमाडौबाट फर्किदा घरको ढोका फोडेर भित्रको दराज लगायत सबै खोतलेर चोरी गरेको भेटिएको हो । चोरी भएको शंका लागेर प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी गएर घटनाको अनुसन्धान र मुचुल्का तयार गरेको छ । चोरीमा संलग्नहरुको खोजी अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार