Logo

१९ असार,पचगावाँ,पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ सुगौलीबाट भारतिय मोटरसाइकल सहित सतिसालको काठ बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरी नेतृत्व खटिएको गस्ती टोलीले ३ थान सतिसालको काठ बरामद गरेको हो ।

प्रहरीले बिआर ०५ एन ६६७१ भारतिय नम्बर प्लेटको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त काठ आज बिहान बरामद गरेको हो । तस्करको खोजी कार्य भईरहेको र बरामद काठ सहित मोटरसाइकल ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीमा राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार