Logo

१९ असार,वीरगञ्ज । नेपाल बार एशोसिएशन पर्साले आज बेन्च बहिष्कार गर्नका साथै धर्नासहित विरोध कार्यक्रम गरेको छ । जिल्ला अदालतले कानुन ब्यावसायीको उपस्थित वेगर नै मुद्दाहरुको फैसला र आदेश गरेको भन्दै बारले बेन्च बहिष्कार गर्नका साथै धर्नासहित विरोध कार्यक्रम गरेको हो ।

बारले सोमबार बन्दि प्रत्यक्षीकरण बाहेकका मुदामा कानून व्यवसायीहरूले बहस पैरवी नगर्ने भनि जिल्ला अदालतलाई पत्राचार गरेको भएपनि अदालतले पत्रको बेबास्ता गर्दै कानून व्यवसायीको उपस्थित वेगर नै मुद्दाहरु फैसला र आदेश गरेकोले बिरोध गरिएको नेपाल बार एशोसिएशन पर्साका अध्यक्ष कमल मोहन पोखरेलले जानकारी दिनुभयो ।

अदालतले अगाडि पनि कानुन ब्यवसायीको उपस्थित वेगर नै मुद्दाहरुको फैसला र आदेश गरे थप बिरोधका कार्यक्रमहरु गर्न बाध्य हुने उहाँले बताउनुभयो । एशोसिएसनले बिरोधका बारेमा आजै नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष सुधिर कर्णलाई समेत जानकारी गराएको छ ।

ललितपुर जिल्ला अदालतका कर्मचारी प्रेमिका तामाङलाई कानुन ब्यावसायीले कुटपिट गरेको बिषयलाई लिएर अहिले देशभरका कानुन ब्यावसायीहरु आन्दोलनमा छन् । सोही अनुसार पर्साका कानुन ब्यावसायी समेत आन्दोलन गरिरहेका छन् ।


सम्बन्धित समाचार