Logo

१९ असार,काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल टेस्ट राष्ट्रसँग आयरल्यान्डसँग २ विकेटले पराजित भएको छ । योसँगै नेपालले १० वटा टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकेको छ ।

नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर भेटायो । आयरल्यान्डका लागि कर्टिस क्याम्फेरले ६२, हेरी टेक्टरले ६० रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ४, किशोर महतोले २ तथा गुलसन झा र सन्दीप लामिछानेले १÷१ विकेट लिए ।

यसअघि जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनायो । नेपालका गुलसन झाले नटआउट ५७ रन बनाए । यस्तै अर्जुन साउदले ४८, कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका मार्क एडर, बेरी म्याककार्थी र क्रेग योङले २/२ विकेट लिए ।

नेपाल र आयरल्यान्डले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हुन् । नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेलेको यो तेस्रो खेल पनि हो । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेको छ ।


सम्बन्धित समाचार